पल्लो क्याबिन
पल्लो क्याबिनमा बिस्तारै एउटा छायाँ प्रवेश गर्यो । छायाँ स्त्रीदेहको थियो । छायाँ समुद्रसरी लहरिंदै अघि बढिरहेको थियो । पानीको लहरजस्तै हिंडाइ पनि लयमा थिएन । पाइला असन्तुलित देखिन्थे । साँझ पातलै थियो, रमरमखालको । त्यो रमरममा क्याबिनमा लगिएको बिरामी कुनै महिला हुन् भन्ने चिन्न गाह्रो थिएन । उनको लामो तर असरल्ल कपालका कारण मैले थाहा पाइहालें, उनी महिला हुन् भन्ने ।