काठमाडौं उपत्यकामा ८९४ जना कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८९४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, उपत्यकामा ५१५ पुरुष र ३८० महिलामा संक्रमण भेटिएको हो। सोमबार उपत्यकामा ८९४ जनासहित देशभर एक हजार ७४१ संक्रमित भेटिएका छन्।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ५ हजार ६ जनाको पीसीआर परीक्षण गरिएको थियो। सोमबारसम्म मुलुकमा कोरोनाका कुल संक्रमितको संख्या एक लाख ५९ हजार ८३० पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८६२ पुगेको छ।
सोमबार नयाँ संक्रमित थपिएसँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४३ हजार २९३ पुगेको छ। जसमध्ये काठमाडौं उपत्यकामा मात्रै २२ हजार ३२९ जना सक्रिय संक्रमित छन्। सबैभन्दा धेरै सक्रिय संक्रमित काठमाडौं जिल्लामा १८ हजार ३७४ जना छन् भने त्यसपछि ललितपुरमा २ हजार ५२० र भक्तपुरमा एक हजार ४३५ जना छन्।
सोमबार ४ हजार ५ जना संक्रमणमुक्त भएका छन्। यससँगै हालसम्म एक लाख १५ हजार ६७५ जना संक्रमित निको भइसकेका छन्।