धरानमा बिजुलीको पोलमा बस ठोक्किँदा चार जनाको मृत्यु
धरानमा भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
तस्वीरः सुजेन्द्र तामाङको फेसबूकबाट
धनकुटाको चौबिसेबाट धरान आउँदै गरेको ना ७ प २७१३ बस धरान प्रवेश गरेपछि अनियन्त्रित भइ जिरो पोइन्टस्थित बिजुलीको पोलमा ठोक्किएको थियो ।
दुर्घटनामा बसका चालक चक्रबहादुर गुरुङको मृत्यु भएको छ ।
घाइते ३१ जनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ओरालोमा तीव्र गतिमा आइरहेको बसले समयमै दिशा बदल्न नसक्दा दुर्घटना भएको अनुमान गरिएको छ ।