सेनाले यसरी गर्यो सांकेतिक फूलपाती बढाइँ (तस्वीरहरु)
नेपाली सेनाले बडादशैंको सातौं दिन शुक्रबार सैनिक मञ्च टुँडिखेलमा सांकेतिक रुपमा फूलपाती बढाइँ गरेको छ।
यस वर्ष संक्रमण महामारीको असहज अवस्थाका कारण परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिक रूपमा मात्र फूलपाती बढाइँ आयोजना गरिएको हो।
राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी रहेकी फूलपाती बढाइँ समारोहमा कोरोना जोखिमका कारण पाहुनाको संख्या कटौती गरी १०० जनामा सीमित गरिएको थियो।
समारोहमा सेनाले लहरे, एकठ्ठाका अतिरिक्त तोप बढाइँ र ब्याण्ड प्रदर्शन गरेको थियो।


फूलपाती बढाइँ समारोहमा सलामी ग्रहण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर: सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय ।
