कोरोना संक्रमित मुख्यमन्त्री पौडेललाई सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइयो
वागमती प्रदेशका मुख्य मुख्य मन्त्री डोरमणि पौडेललाई उपचारका लागि काठमाडौं ल्याइएको छ। उनी नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं आएका हुन्।
बिहीबार कोरोना संक्रमण पुष्टि भएका पौडेललाई स्वास्थ्यमा थप समस्या आएर नभई सतर्कताको कारण काठमाडौंस्थित गंगालाल हृदयरोग केन्द्रमा लगिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।
दाहालले भने, “उहाँलाई लक्षण सामान्य नै छ, तर केही समय अघि मुटुसम्बन्धी उपचार गरेका कारण चिकित्सकको निगरानीमा रहन काठमाडौं जानुभएको हो। स्वास्थ्य अवस्था सामान्य नै छ।”
मुख्यमन्त्रीसँगै उनकी पत्नी विजया पौडेल पनि आएकी छिन्। मुख्यमन्त्री पौडेल दम्पतीमा बिहीबार कोरोना संक्रमण देखिएको थियो।