४ हजार ४९९ जनामा कोरोना संक्रमण, १७ को मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ४९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
देशका विभिन्न प्रयोगशालामा १६ हजार ८६३ पीसीआर परीक्षण गर्दा काठमाडौं उपत्यकामा २ हजार ७२० जनासहित ४ हजार ४९९ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या एक लाख ५३ हजार ८ पुगेको छ।
शुक्रबार २ हजार ६६८ जना संक्रमित निको हुँदा संक्रमणमुक्त हुनेको संख्या एक लाख ५ हजार ४८८ पुगेको छ। कोरोना संक्रमित निको हुने दर ६८.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ।