मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत भएपछि कर्णालीमा मन्त्रिमण्डल हेरफेरको तयारी
आफूविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन्।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको सर्मथनले दलको नेता र मुख्यमन्त्री पद तत्कालका लागि जोगिएपछि शाहीले आफूलाई सहयोग गर्ने सांसदलाई सरकारमा सहभागी गराउन लागेका हुन्।
आप्mनै नेतृत्वको सरकारमा सहभागी दुई मन्त्री अविश्वास प्रस्तावमा छलफल हुने बैठकमा अनुपस्थित भएपछि उनीहरुप्रति मुख्यमन्त्री शाही चिढिएका छन्। उनीहरुको विकल्पमा अन्य सांसदलाई सरकारमा सहभागी गराउन शाहीले तयारी थालेको उनी निकट एक सांसदले जानकारी दिए।
“आफ्नै सरकारविरुद्ध लाग्ने मन्त्रीलाई नैतिकताका आधारमा पनि सरकारमा राखिरहनु उचित होइन”, ती सांसदले हिमालखबरलाई भने, “दलको नेता र मुख्यमन्त्रीकौ हैसियतले शाहीले अब छिट्टै सरकारमा सहभागि मन्त्रीहरुका बारेमा निर्णय गर्नुहुन्छ।”
स्रोतका अनुसार मुख्यमन्त्री शाहीले वरिष्ठ नेता माधवकुमार नेपाल समुहका चन्द्रबहादुर शाहीलगायतलाई सरकारमा सहभागि गराउने तयारी थालेका छन्।