वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण
वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोनाभाइरस संक्रमण भएको छ। पौडेलसँगै उनकी श्रीमती विजया पौडेललाई बिहीबार साँझ संक्रमण पुष्टि भएको हो।
केही दिन अघि सामान्य रुघाखोकी देखिएपछि मुख्यमन्त्री पौडेल निवासमै बस्दै आएका थिए।
मुख्यमन्त्रीका एक जना अंगरक्षक, दुई जना चालक र एक जना कार्यालय सहयोगीको पनि पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।
मुख्यमन्त्री पौडेलमा सामान्य लक्षण रहेको र स्वास्थ्य अवस्था सामान्य छ। उनी मुख्यमन्त्रीको निवासमै होम आइसोलेसनमै बसिरहेको पनि दाहालले बताए। उनका अनुसार, मुख्यमन्त्रीकी पत्नीसहित अन्यको स्वास्थ्य अवस्था सामान्य छ।