नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८०० नाघ्यो
नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८०० नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा थप २१ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ८१२ पुगेको छ।
बिहीबार ३ हजार ६२७ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार २१५ जना संक्रमणमुक्त भएका छन्। हालसम्म कुल संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ भने संक्रमणमुक्त हुनेको कुल संख्या एक लाख २ हजार ८२० पुगेको छ।
बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५५२ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा १ हजार २८३, ललितपुरमा १५७ र भक्तपुरमा ११२ जना नयाँ संक्रमित भेटिएका हुन्।