ग्लोबल आईएमई ब्यांकका थप दुई शाखा विस्तार
ग्लोबल आईएमई ब्यांकले काठमाडौं उपत्यकाभित्र थप दुई वटा शाखा विस्तार गरेको छ। ब्यांकले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चानमा ल्याएको हो।
ब्यांकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज ब्रजाचार्यले नयाँ शाखाहरुको भर्चुअल रुपमा उद्घाटन गरेका थिए।
साथै, ब्यांकले भक्तपुरको गाम्छा र चितवनको सप्तगण्डकी कलेज परिसरमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ। नयाँ शाखा तथा एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा आएसँगै ब्यांकको शाखाहरुको संख्या २६१ र एक्सटेन्सन काउन्टरको संख्या ४५ पुगेको छ।
हालसम्म ७१ वटा जिल्लामा फैलिएको ग्लोबल आईएमई ब्यांकका २३७ एटीएम, २२९ शाखारहित ब्यांकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय छन्। यी सञ्जाल मार्फत २० लाख भन्दा बढी ग्राहकलाई सेवा दिंदै आएको ब्यांकले जनाएको छ।