चितवनमा कोरोना संक्रमणबाट क्यान्सरका बिरामीको मृत्यु
कोरोनाभाइरस संक्रमणबाट एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष छन्। उनको चितवन मेडिकल कलेजमा बुधबार दिउँसो ४ः३० बजे मृत्यु भएको हो।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार, क्यान्सरका बिरामी उनलाई ज्वरो, खोकीका कारण २१ असोजमा अस्पताल भर्ना गरिएको थियो।
२३ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो। क्यान्सर रोगका कारण काम गर्न नसक्ने भएपछि उनले घरमा नै बसेर उपचार गराउँदै आएका थिए।