काठमाडौं उपत्यकामा थपिए ३ हजार १०६ जना कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १०७ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन्। जसमध्ये उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २ हजार ३९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार २० हजार ११८ जनाको पीसीआर परीक्षण गर्दा कुल ५ हजार ७४३ जना संक्रमित भेटिएकोमा आधाभन्दा बढी उपत्यकामै संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार, देशभर ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।