टाटा मोटर्सले ग्राहकलाई हस्तान्तरण गर्यो एकैदिन १११ वटा गाडी
नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले देशका विभिन्न भागका ग्राहकलाई एकै दिन १११ वटा गाडी हस्तान्तरण गरेको छ।
सिप्रदीले कोरोनाभाइरस संक्रमण महामारीको प्रतिकूल अवस्थामा पनि यति ठूलो संख्यामा गाडी हस्तान्तरण गर्न पाउनुलाई महत्वपूर्ण उपलब्धिको रुपमा लिएको बताएको छ। टाटाका गाडीहरु सुरक्षित र विश्वसनीय भएकाले ग्राहकको रोजाइमा परेको कम्पनीको दाबी छ।
सिप्रदीले नेपालमा तीन दशक भन्दा बढी समयदेखि टाटा मोटर्सका गाडीको बिक्री र बिक्री पश्चात्का सेवाहरु उपलब्ध गराउँदै आएको छ।
टाटा मोटर्सका अल्ट्रोज, एच फाइभ, नेक्सन, टियागो र टिगोर लगायत गाडी नेपाली बजारमा उपलब्ध छन्। हालै मात्र सार्वजनिक ह्याचब्याक गाडी टाटा अल्ट्रोजले नेपालको अटो बजारमा सकारात्मक प्रतिक्रिया पाइरहेको सिप्रदीले जनाएको छ।