दशैंको हवाई यात्रा : सस्तो र चाहेकै दिनलाई उपलब्ध छ टिकट
कोरोनाभाइरस संक्रमणको महामारीका कारण हिडडुल नै कम भएको र जोखिम कम गर्न यात्रु पनि सचेत हुन थालेकाले यो वर्ष हवाइ उडानको टिकट सहजै उपलब्ध छ। यात्रुको चाप कम हुँदा वायुसेवा कम्पनीहरुले आधासम्म सस्तोमा उडान गरिरहेका छन्।
कोरोना महामारीका कारण यात्रुको गतिविधि कम भएको र सिजनमा पनि पर्यटक अवागमन ठप्प हुँदा आन्तरिक वायुसेवाले यो वर्षको दशैंका लागि सस्तो र चाहेकै दिनको टिकट उपलब्ध गराइरहेका छन्। यो वर्ष हरेक उडानमा २० प्रतिशत सिट खालि नै उड्नुपरेको आन्तरिक वायुसेवा कम्पनीहरुले बताएका छन्।
यात्रु नभएका कारण काठमाडौंबाट नियमित उडान हुने तुम्लिङटार बाहेक सबै गन्तव्यको टिकट सामान्य अवस्थाको तुलनामा आधा सस्तोमा पाइएको छ। यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला दशैंलाइ पनि टिकट सहजै उपब्लध भइरहेको, यात्रुले चाहेकै दिन टिकट पाइने, अधिकतम भाडादरको तुलनामा आधा सस्तो भाडामा टिकट उपलब्ध भएको बताउँछन्।
गत वर्ष यो समयमा अधिकतम भाडादर मात्रै लागू हुन्थ्यो भने टिकट पाउनै गाह्रो थियो। अहिले यात्रु नै कम भएका कारण वायुसेवा कम्पनीले नाफा भन्दा पनि सञ्चालन खर्च धान्ने गरी मात्रै उडान गरिरहेको बताएका छन्।
अघिल्ला वर्षहरुमा ३५ देखि ४० वटासम्म हुने उडान अहिले दैनिक २० वटामा सिमित भएका छन्। दशैंलाई यात्रुको चाप भयो भने उडान थप गर्न चार वटा अतिरिक्त उडानको तालिका स्वीकृत गराएको भएपनि भएकै २० वटामा यात्रु पूर्ण नभएको यतीका प्रवक्ता बर्तौला बताउँछन्।
यो समयमा अधिकतम भाडादर मात्रै लागू हुन्थ्यो भने टिकट पाउनै गाह्रो थियो। अहिले यात्रु नै कम भएका कारण वायुसेवा कम्पनीले नाफा भन्दा पनि सञ्चालन खर्च धान्ने गरी मात्रै उडान गरिरहेको बताएका छन्।
यात्रु पनि दैनिक २ हजार भन्दा बढी छैनन्। अन्य समयमा यतीले ४ हजार यात्रुलाई एकै दिन सेवा दिने गरेको थियो । हरेक उडानमा बढीमा ८० देखि ९० प्रतिशत मात्रै अकुपेन्सी हुने गरेकाले यात्रुले चाहेकै दिन सस्तो टिकटमै यात्रा गर्न पाइरहेको वायुसेवा कम्पनीहरुले जनाएका छन्।
आन्तरिक उडानमा सबैभन्दा धेरै जहाज भएको बुद्ध एअरले दैनिक ३५ वटा मात्रै उडान गरिरहेको छ। दशैंका बेला गत वर्ष यस्तो उडान दैनिक ५० देखि ६० वटा हुने गरेको बुद्ध एअरका बरिष्ठ बजार निर्देशक रुपेश जोशी बताउँछन्। जोशीका अनुुसार १३ वटा जहाज एउटाले चार देखि ५ वटा उडान गर्ने गरेकोमा अहिले सबै जहाज प्रयोगमा नै आएका छैनन्।
दशैंको बेला पर्यटकीय सिजन हुने हुँदा अन्य समयको तुलनामा उडान बढी हुने गर्थ्यो।
दशैंको बेला अन्य समयमा जस्तो सस्तो टिकट नपाइने, एक महीनादेखि नै टिकङ बुकिङ किने अवस्था थियो। यो वर्ष यात्रुले चाहेकै दिन टिकट, त्यो पनि सस्तो दरमै पाइरहेको जोशी बताउँछन्। बुद्ध एअरले पनि काठमाडौंबाट तुम्लिङटारको उडानका लागि मात्रै नर्मल भाडादर लिने गरेको छ भने अन्य सबै गन्तव्यमा आधासम्म कम गरेको छ।
श्री एअरलाइन्ले पनि दैनिक ६ वटा उडान गरिरहेको छ। यो वायुसेवाले पनि सामान्य अवस्थामा १५ वटा उडान गर्ने भएपनि यो वर्ष माग नै कम भएकाले उडान तालिका थोरै नै स्वीकृत गराएको छ। थोरै उडान हुँदा यात्रु पाउन भने कठिन भइरहेको श्री एअरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धर बताउँछन्।