च्याम्पियन्स लिगः म्यान्चेष्टर युनाइटेडसँग पीएसजी पराजित, बार्सा र लाजियो विजयी
च्याम्पियन्स लिग अन्तर्गत गएराति भएका समूह चरणका खेलमा म्यान्चेष्टर युनाइटेड, बार्सा र लाजियो विजयी भएका छन्। चेल्सीले सेभिल्लासँग गोलरहित बराबरी खेलेको छ।
इङ्लिस क्लब म्यान्चेष्टर युनाइटेडले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई उसकै घरेलु मैदानमा २-१ ले पराजित गरेको छ। म्यानुका लागि ब्रुनो फर्नान्डेज र मार्कस राशफोर्डले गोल गरेका थिए। म्यानुकै एन्थोनी मार्शलले आत्मघाती गोल गरेका थिए।
अर्को खेलमा बार्सिलोनाले हंगेरियन क्लब फेरेन्कभारोसलाई ५-१ गोलको भारी अन्तरले पराजित गरेको छ। बार्साका लागि घरेलु मैदानमा लियोनल मेस्सी अन्सु फाती, फिलिप कोउटिन्हो, पेड्री र ओसमान डेम्बेलेले गोल गरेका थिए।
६८औँ मिनेटमा बार्साका जेरार्ड पिकेले रातो कार्ड पाएका थिए। लगत्तै पाएको पेनाल्टीमा फेरेन्भारोसले एक गोल फर्काएको थियो। १० खेलाडीमा सीमित भएपछि पनि बार्साले दुई गोल गरेको थियो।
अर्को खेलमा इटालीको क्लब लाजियोले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई ३-१ गोलले पराजित गरेको छ। चेल्सीले भने घरेलु मैदानमा सेभिल्लासँग गोलरहित बराबरी खेलेको छ।