काठमाडौं उपत्यकामा थपिए १७०२ संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता १७०२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौंका मात्र १४३१ जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा १४८ र ललितपुरमा १२३ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टायता देशभर भने ३०९३ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या १३९१२९ जना पुगेको छ।
मन्त्रालयका अनुसार आज निको हुनेको संख्या २१०८ जना छ। यससँगै हालसम्म संक्रमणबाट निको हुनेको संख्या ९६६०९ जना पुगेको छ।
आजको पीसीआर १३८६१ रहेको छ। मुलुकमा हाल सक्रिय संक्रमितको संख्या ४१७५५ जना रहेको छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा १३५५९ जना र होम आइसोलेसनमा २८१९६ जना रहेका छन्। हाल क्वारेन्टिनमा ४२२० जना रहेका छन्।
आईसीयूमा २७३ र भेन्टिलेटरमा ७८ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।