लुम्बिनीमा कोरोना संक्रमितको निःशुल्क उपचार यथावतः प्रदेश सरकार
लुम्बिनी प्रदेश सरकारले कोरोनाभाइरस संक्रमितलाई निःशुल्क उपचारको व्यवस्था कायमै रहेको जनाएको छ।
मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत रहेको फेसबुकमार्फत जानकारी दिएका हुन्। लुम्बिनी प्रदेश सरकारले बाँकेस्थित सुशील कोइराला क्यान्सर अस्पताल, बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र भैरहवाको भीम अस्पताललाई कोरोना विषेश अस्पतालका रुपमा विकास गरेको छ।
संघीय सरकारले कोरोनाका बिरामीले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णय गरेपछि त्यसको चौतर्फी आलोचना भइरहेका वेला लुम्विनी प्रदेशले निःशुल्क उपचारको व्यवस्था यथावत रहेको जानकारी दिएको हो।