२०७५ साल कानून निर्माणको युगीन वर्ष : मन्त्री ढकाल
कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले २०७५ साल कानून निर्माण र कार्यान्वयनका सन्दर्भमा युगीन वर्ष भएको बताएका छन्।
भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले संविधानअनुरुप सङ्घीयतालाई बलियो बनाउन यो वर्ष सबैभन्दा धेरै कानून निर्माण गरिएको बताए ।
देशका ३३९ मौजुदा कानूनमध्ये अधिकांश कानूनलाई संविधान र सङ्घीयताअनुरुप बनाउने काम गरिएको जानकारी दिए ।
“जनतालाई अधिकारसम्पन्न बनाउने कानूनको हिसाबले मौलिक हकमा रहेका कानून धेरै निर्माण भइसकेका छन्”, मन्त्री ढकालले भने ।
एक वर्षमा करीब २०० बढी कानून बनाउने काम सम्पन्न भएको उनले बताए । धेरै विषय संसदिय समिति र संसद्मा रहेका र केही विधेयक पनि अन्तिम तयारीमा रहेको पनि उनले बताए ।