पुष्कर लोहनीको उपन्यास 'अदृश्य मान्छे' बजारमा
वरिष्ठ साहित्यकार पुष्कर लोहनीको पहिलो उपन्यास ‘अदृश्य मान्छे’ प्रकाशित भएको छ। उक्त पुस्तक आइतबार सार्वजनिक गरिएको छ।
पुस्तकलाई पत्रकारहरु राजकुमार बानियाँ, दीपक सापकोटा, फणिन्द्र संगम, समर्पणश्री तथा लेखक लोहनी र प्रकाशक पुष्पराज पौडेलले सार्वजनिक गरेका हुन्। यौन कथाकारका रुपमा परिचय बनाएका ८० वर्षीय लोहनीको एकल लेखनमा यो पहिलो उपन्यास हो।
यसअघि संयुक्त लेखनमा भने उनका उपन्यास प्रकाशित भइसकेका छन्। त्यसबाहेक कविता, कथा र हाइकु संग्रह पनि प्रकाशित छन्।
उनको नयाँ उपन्यास अदृश्य मान्छेलाई शिखा बुक्सले प्रकाशन गरेको हो। १५६ पृष्ठको पुस्तकको मूल्य रु.३०० छ।