थप १२ जना कोरोना संक्रमितको मृत्यु
नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता १२ जना संक्रमितको मृत्यु भएको हो।
मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता १६९८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौंका मात्र १४६९ जना रहेका छन्।
मन्त्रालयका अनुसार भक्तपुरमा ९९ र ललितपुरमा १३० जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टायता देशभर भने २९४२ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या १३२२४६ जना पुगेको छ।
आज निको हुनेको संख्या २३२६ जना छ। यससँगै हालसम्म संक्रमणबाट निको हुनेको संख्या ९२१६६ जना पुगेको छ।
आजको पीसीआर १४८७५ रहेको छ। मुलुकमा हाल सक्रिय संक्रमितको संख्या ३९३४१ जना रहेको छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा १२९३३ जना र होम आइसोलेसनमा २६४०८ जना रहेका छन्। हाल क्वारेन्टिनमा ४७१७ जना रहेका छन्।
आईसीयूमा ३०१ र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।