वामदेवका सुरक्षाकर्मी र सवारी चालकलाई कोरोना संक्रमण, सबै भेटघाट बन्द
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको सुरक्षामा खटिएका सुरक्षाकर्मी र सवारी चालकलाई कोरोनाभाइरस संक्रमण भएको छ।
शनिबार उनीहरूमा कोरोना पुष्टि भएको हो। गौतमका सहयोगी विश्वमणि सुवेदीले केही सुरक्षाकर्मी र सवारी चालकमा कोरोना देखिएको बताएका छन्।
सुरक्षाकर्मी र सवारी चालकमा कोरोना देखिएपछि सम्पूर्ण भेटघाट बन्द गरिएको सुवेदीले बताएका छन्। उनका अुनसार उपाध्यक्ष गौतम, उनको परिवार र सचिवालय सदस्यहरूको रिपोर्ट भने नेगेटिभ आएको सुवेदीले जानकारी गराएका छन्।