नेपालमा रहेका विदेशी खेलाडीलाई आर्थिक सहयोग
फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)को पहिलो ब्याचले आर्थिक सहयोग गरेको छ।
लिग सकिए पनि नेपालमा नै रहेका तर, कोरोनाभाइरसका कारण फर्किन नपाएका विदेशी खेलाडीलाई एन्फाको पहिलो ब्याचको अगुवाइमा आर्थिक सहयोग गरिएको हो।
आर्थिक पाटोमा समेत आप्ठेरो अवस्थामा रहेका खेलाडीहरूलाई सहयोग गरिएको बताइएको छ। विभिन्न माध्ययमबाट संकलन गरिएको रकमलाई दीपकुमार राई र एन्फा एकेडेमीका पहिलो ब्याचका खेलाडीको हातबाट विदेशी खेलाडीलाई हस्तान्तरण गरिएको हो।
सहयोग पाएका विदेशी खेलाडी फ्लोरेन्ट कोआरले अप्ठेरो परेको बेला सहयोग पाउँदा खुशी लागेको बताए। २७ जना खेलाडीलाई आर्थिक सहयोग गरिएको छ।
अमेरिकामा बस्दै आएका विभिन्न पूर्वखेलाडीको सहयोगमा कुल तीन लाख ७ हजार रूपैयाँ प्रदान गरिएको हो। जसमा एक जना खेलाडीले १२ हजार रूपैयाँको दरले पाएका छन्।