थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७२७ पुग्यो
नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता १२ जना संक्रमितको मृत्यु भएको हो।
मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२७ पुगेको छ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता १७४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौंका मात्र १४५१ जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा १४३ र ललितपुरमा १५२ जनामा संक्रमण पुष्टि भएको छ।
देशभर भने ३१६७ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या १२९३०४ जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज निको हुनेको संख्या १८०० जना छ। यससँगै हालसम्म संक्रमणबाट निको हुनेको संख्या ८९८४० जना पुगेको छ।
आजको पीसीआर १५४३८ रहेको छ। मुलुकमा हाल सक्रिय संक्रमितको संख्या ३८७३७ जना रहेको छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा १३२९९ जना र होम आइसोलेसनमा २५४३८ जना रहेका छन्। हाल क्वारेन्टिनमा ४७१७ जना रहेका छन्।
आईसीयूमा २९० र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।