लुम्बिनीका भौतिक पूर्वाधार विकास मन्त्री चौधरीलाई कोरोना सङ्क्रमण
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ।
सामान्य रुघा लागेपछि शुक्रबार पीसीआर परीक्षण गर्दा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो। श्रीमती द्रौपती, निजी सुरक्षाकर्मी, चालक र भान्सेलाई पनि कोरोनाभाइरस सङ्क्रमण देखिएको मन्त्री चौधरीले बताए।
उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई क्वारेन्टिनमा बसेर परीक्षण गर्न आग्रह गरेका छन्। यसअघि सभामुख पुर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, प्रदेश सभाका सदस्यहरु सहित कर्मचारी र सुरक्षाकर्मी गरी ३५ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको प्रदेश सभाका जनस्वास्थ्य निरीक्षक डिलाराम भुसालले जनाकारी दिए।