कांग्रेस नेता नारायणप्रसाद आङदेम्बेको निधन
नेपाली कांग्रेसका नेता नारायणप्रसाद आङदेम्बेको निधन भएको छ।
नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं प्रजातन्त्र सेनानी ८३ वर्षीय आङदेम्बेको शुक्रबार विहान फाल्गुनन्द गाउँपालिका-१, पाँचथरस्थित् आफ्नै निवासमा निधन भएको कांग्रेसले जनाएको छ।
आङदेम्बेले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले स्मरण गरेको छ। उनका श्रीमती, पाँच छोरा र एक छोरी छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले उनको निधनप्रति दुःख व्यक्त गरेका छन्।