सेनाले बोलायो पृतनापतिहरूको बैठक
नेपाली सेनाले आउँदो आइतबार, २ कात्तिकमा पृतनापति समन्वयात्मक बैठक बोलाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार २ कात्तिकदेखि तीन दिन चल्नेगरी बैठक बोलाइएको हो।
गत भदौ महीनामै यो बैठक आयोजना गर्ने तयारी भए पनि कोरोनाभाइरस संक्रमणको महामारीका कारण स्थगन भएको र अहिले बोलाइएको सैनिक मुख्यालय (जंगी अड्डा)ले जनाएको छ।
पृतनापति समन्वयात्मक बैठकलाई सेनामा कुनै पनि नीति निर्माण वा निर्णय गर्नुअघिको छलफल गर्ने महत्वपूर्ण थलो मानिन्छ।
यसपटकको बैठकमा काठमाडौं बाहिरका पृतनापतिहरू भर्चुअल रूपमा सहभागी हुने, जंगी अड्डाभित्र सहभागी हुने सैन्य अधिकारीहरूले भने स्वास्थ्य मापदण्ड पालना गर्ने सेनाले जनाएको छ।