गण्डकी प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या १८२१
गण्डकी प्रदेशमा कोरोनाभाइरसका कुल संक्रमितको संख्या पाँच हजार ३५६ पुगेको छ। जसमध्ये अहिले उपचाररत सक्रिय संक्रमितको संख्या एक हजार ८२१ छ।
कुल संक्रमितमध्ये तीन हजार ४८८ जना निको भइसकेका छन् भने प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ४७ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।
प्रदेशमा हालसम्म ७९ हजार ३०२ जनाको कोरोना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ।