विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो
कोरोनाभाइरस संक्रमणबाट विश्वभर ११ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। शुक्रबार बिहान ७ बजेसम्मको वर्ल्डोमिटरको तथ्यांक अनुसार, संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ लाख २ हजार ४१८ पुगेको छ।
संक्रमणबाट हालसम्म सबैभन्दा बढी अमेरिकामा २ लाख २२ हजार ७१२ जनाको मृत्यु भएको छ। त्यसपछि ब्राजिलमा १ लाख ५२ हजार ५१३ जना र भारतमा १ लाख १२ हजार १४४ जनाले ज्यान गुमाएका छन्। यस्तै, मेक्सिकोमा ८४ हजार ८९८ जनाको संक्रमणबाट मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा बिहीबार मात्रै विश्वभर कोरोना संक्रमणबाट ६ हजार १०० जनाको ज्यान गएको छ। जसमध्ये सबैभन्दा धेरै अमेरिकामा ८६९ जना, भारतमा ८३३ र ब्राजिलमा ७३४ जनाको मृत्यु भएको छ।
हालसम्म विश्वभर कोरोना संक्रमितको कुल संख्या ३ करोड ९१ लाख ५१ हजार १४४ पुगेको छ। जसमध्ये २ करोड ९३ लाख ६६ हजार ६६४ जना संक्रमणमुक्त भइसकेका छन्।
सक्रिय संक्रमितको संख्या ८६ लाख ८२ हजार ६२ छ। उनीहरुमध्ये ७० हजार ८५६ जनाको स्वास्थय अवस्था जटिल छ।