दोलखाको लामाबगरमा सशस्त्रको बीओपी स्थापना
दोलखाको लामाबगरमा सशस्त्र प्रहरी बलको बीओपी (बोर्डर आउट पोष्ट) को उद्घाटन भएको छ। सशस्त्र प्रहरी बलका डिआईजि मन्दिप श्रेष्ठले उक्त बीओपीको उद्घाटन गरेका हुन्।
चीनको तिब्बतसंग दोलखाको एक सय १३ किलो मिटर सीमा जोडिएको र ५५ देखि ६१ सम्म सात वटा सीमा स्तम्भ रहेको सशस्त्र प्रहरी १८ नम्बर गुल्मका गुल्मपति प्रहरी नायव उपरीक्षक बुद्धिनारायण महर्जनले बताए। सशस्त्र प्रहरी बलले बीओपी स्थापना गरेको दोलखाको बिगु गाँउपालिका वडा नम्बर १ लामाबगरबाट चीनको तिब्बतसंग सीमा नाका फलाक पुग्न ५ किलो मीटर र लप्ची पुग्न २३ किलो मीटरको दूरी रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक बुद्धिनारायण महर्जनले बताए।
सरकारको निर्णय अनुसार दोस्रो चरणमा दोलखाको लामाबगरमा बीओपी स्थापना गरिएको र छिट्टै चीनसंगको सीमाना लप्ची र फलाकमा समेत स्थापना गरिने सशस्त्र प्रहरी बलका डिआईजि श्रेष्ठले बताए।
लामाबगरमा रहेको बीओपीमा शुरूमा सशस्त्र प्रहरी निरीक्षणको कमाण्डमा २५ जना रहने र पछि मापदण्ड अनुसार ५५ जना रहने सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक महर्जनले बताए।