नवनियुक्त तीन मन्त्रीले लिए शपथ
प्रधानमन्त्री केपी ओलीको सिफारिशमा हिजो नियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। अर्थमन्त्री विष्णु पौडेल, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले शपथ लिएका हुन्।
बिहीबार बिहान साढे ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई शपथ खुवाइन्। शपथ खाएपछि नवनियुक्त मन्त्रीहरूले आजै पदभार सम्हाल्ने छन्।
प्रधानमन्त्री ओलीले हिजो मात्र मन्त्रिमन्डल पुनगर्ठन गरेका थिए। ओलीको सिफारिशमा हिजै राष्ट्रपति भण्डारीले उनीहरुलाई मन्त्री नियुक्त गरेकी थिइन्।