कप्तान किरण चेम्जोङको खुलापत्र: 'खेलाडीहरूलाई परिवार पाल्न गाह्रो भयो, खेलकुद शुरू गरौं'
नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले राष्ट्रिय खेलकुद परिषद् र सरकारलाई खुलापत्र लेखेका छन्। मंगलबार फेसबुकमा खेलकुद तथा खेलाडीप्रति कसैले चासो नदेखाएको भन्दै ‘राष्ट्रिय खेलकुद परिषद् र सरकारलाई मेरो खुलापत्र’ भनेर कप्तान चेम्जोङले लामो खुला पत्र लेखेका हुन्।
उनले लामो समयसम्म खेलकुद सुचारु हुन नसक्दा खेल खेलेर परिवार पालिरहेका खेलाडीहरू विदेश जाने तयारीमा रहेको र यसप्रति सरकारले लाज मान्नुपर्ने बताएका छन्।
अहिले खेलकुद र खेलाडी संकटमा रहेको र यसप्रति कसैले चासो नदेखाएको उनको गुनासो छ। यसले खेलकुदमा आउन चाहने नयाँ खेलाडीहरूमा समेत नराम्रो प्रभाव पर्न थालेको उनको भनाइ छ।
सबै देशमा फुटबल सुचारु भईसक्दा नेपालमा भने दु:खको समयमा निर्माण भएको खेलमैदान खेलको लागि नभएर म्युजिक भिडियो तथा फिल्मको छायंकनको लागि खुल्ला भईरहेको गुनासो उनले गरेका छन्।
कप्तान किरणलाई साथ दिँदै नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी साबित्रा भन्डारी ‘साम्बा’ले पनि उक्त पत्र साभार गरेकी छिन्।
आदरणीय राष्ट्रिय खेलकुद परिस तथा समानिय सरकार जिउलाई मेरो सानो खुला पत्र लेखन चाहन्छु ...
Posted by Kiran Chemjong on Monday, October 12, 2020