चाडपर्वमा रनर मोटरसाइकल खरिद गर्दा ५१ हजारसम्म नगद छुट
बंगलादेश को प्रतिष्ठित ब्राण्ड रनर मोटरसाईकलले दशैं तिहारलाई लक्षित गरी भारी नगद छुट सहितको अफर ल्याएको छ। रनर मोटरसाईकलको नेपालका लागी आधिकारिक विक्रेता रमण मोटर्सले रनर मोटरसाईकको खरिदमा ५१ हजार सम्मको छुट दिने भएको हो।
कम्पनीका अनुसार यो अहिलेसम्मकै उत्कृष्ट अफर हो। साथै कम्पनीले मोटरसाईकल जगतमै सर्वाधिक ६ वर्ष वारेन्टीका साथ मोटरसाईकल तथा स्कुटर विक्री वितरण गर्दै आएको छ। यती मात्र नभई, कुनैपनी पुरानो मोटरसाईकलको एक्स्चेन्ज गर्दा रु ३० हजार न्युनतम मुल्यांकन गरिने छ।
देशैभरी करिब २२ वटा शोरुम बाट ग्राहकले दशैं तिहार अन्तर्गत रु ५१ हजारसम्म छुट का साथ सेल्स, सर्भिस र स्पेयर पार्टस को सुविधा पाउने छन्।
रमन मोटर्सले हाल ८० सीसीका सस्ता देखी २०० सि सि सम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर विक्री वितरण गर्दै आएको र उक्त ब्राण्ड को दिन दिनै बजार बढ्दै गएको कम्पनीको दाबी छ।