'ईमो' मार्फत २५ लाख भारतीय रुपैयाँ चिठ्ठा पर्यो भनी ठगी गर्ने पक्राउ
सामाजिक सञ्जाल ईमोमार्फत २५ लाख भारतीय रुपैयाँ चिठ्ठा पर्यो भनी नगद ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सिरहा नगरपालिका-१२ बस्ने २४ वर्षीय अरबिन्द्र कुमार कामतीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
उनले शनिबार राति ईटहरि उपमहानगरपालिका-२ बस्ने २५ वर्षीय एक जनालाई ईमोबाट फोन गरी "तपाईँ २०२० को ईमो लट्री विजेता भई २५ लाख भारतीय रुपैयाँको हकदार हुनुभयो" भन्दै नेपाल सरकारलाई टयाक्स बुझाउन भनि आईएमईबाट नगद पठाउन भनेका थिए। आफ्नो नाममा २२ हजार ५ सय नेपाली रुपैयाँ पठाउन लगाएको तथा सो रकम पाएको केही समयपछि चेकमा सही गर्ने अधिकृतलाई पनि नेपाली ५५ हजार रुपैयाँ दिनुपर्ने भयो भनेर पठाउन लगाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
कामतीलाई आइतबार आइएमईबाट रकम लिई हिँडेको अवस्थामा सिरहामा फेला पारी प्रहरीले पक्राउ गरेको हो। उनीउपर जिल्ला अदालत सुनसरीबाट ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।