यती एयरको टूर प्याकेज १५० भन्दा बढी बिक्यो, पर्यटन व्यवसायीको तयारी पनि शुरू
आन्तरिक पर्यटक चलायमान बनाउन ५ असोजदेखि यती एयरलाइन्सले ल्याएको पर्यटन प्याकेजमा हालसम्म १५० भन्दा बढी ब्यक्तिले खरिद गरेर घुमघाममा निस्किएका छन्।
यती एयरलाइन्सले ५ असोजबाट आन्तरिक उडान खुलेसँगै ल्याएको पर्यटन प्याकेज १५० जनाले लिइसकेका छन्। यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आन्तरिक पर्यटन चलायमान बनाउन ल्याएको यस्तो प्याकेजमा विस्तारै आकर्षण बढ्दै गएको छ। प्याकेज खरिद गरेर आन्तरिक गन्तव्यमा जानेले विस्तारै माहोल सिर्जना गरिरहेको बुझाई बर्तौलाको छ।
एयरलाइन्सलाई पर्यटन व्यवसायीले सहयोग नगरेको र व्यवसायीले सहयोग गरेको अवस्थमा भने यस्तो प्याकेजले आन्तरिक पर्यटन चलायमान बनाउन सहयोग गर्ने बुझाई बर्तौलाको छ। पर्यटन चलायमान हुँदा सबै व्यवसायीलाई लाभ हुने भएकोले प्याकेज प्रवर्द्धनलाई पर्यटन व्यवसायीले सकारात्मक रुपमै लिनुपर्ने बर्तौलाको भनाइ छ।
यतीले ल्याएको यस्तो प्याकेजमा सबैभन्दा बढी रुची लुक्ला नाम्चे पदयात्रा, काठमाडौदेखि रारा यात्रा र पोखराबाट धान्द्रुकसम्मको पदायात्राका लागि देखिएको छ।
यतीले ल्याएको यस्तो प्याकेजमा सबैभन्दा बढी रुचि लुक्ला नाम्चे पदयात्रा, काठमाडौदेखि रारा यात्रा र पोखराबाट घान्द्रुकसम्मको पदायात्राका लागि देखिएको पनि बर्तौलाले जानकारी दिए। आन्तरिक उडानमा चाप कम भएको र जतिबेला पनि टिकट पाउने अवस्था भएको हुँदा यो दशैंमा वायुसेवा कम्पनीहरुलाई टिकट व्यवस्थापनमा विगत वर्षजस्तो भ्याइनभ्याइ पनि नरहेको उनको भनाइ छ।
यतीले ल्याएको यस्तो प्याकेज एयरलाइन्सबाट सिधै र ट्राभल एजेन्सीबाट समेत खरिद गर्न सकिन्छ। एजेन्सीले भने कमिशन थोरै भएको र संकटको बेला एयरलाइन्स एक्लैले प्याकेज ल्याएको भनेर असन्तुष्टि व्यक्त गरिरहेका छन्। यतीले काठमाडौंबाट बाहिर जान र बाहिरबाट काठमार्डौ आउने दुबैका लागि प्याकेज ल्याएको थियो। यस्तो प्याकेज विभिन्न १६ गन्तव्यको लागि यतीले बिक्री गरिरहेको छ।
पर्यटन व्यवसायीलाई यतीले टूर प्याकेज बिक्री गर्दा रु.२५० देखि रु.३५० सम्म कमिशन दिएको छ। यतीले सस्तोमा प्यकेज बनाएकोले थोरै नै कमिशन दिएर आन्तरिक पर्यटन चालयमान बनाउन खोजेको बताएको छ।
सरकारले भने १ कात्तिकदेखि नेपालमा विदेशी पर्यटकलाई आउन दिने गरी २९ भदौमा निर्णय गरेको भएपनि यसलाई फेरि पछाडि थकेलेर अब ३० कात्तिकपछि मात्रै आउन दिने निर्णय गरेको छ ।
पर्यटन व्यवसायीले भने नेपाल पर्यटन बोर्डको सहकार्यमा छुट्टै प्याकेजको तयारी गरिरहेका छन्। नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का अध्यक्ष अच्चुत गुरागाईंका अनुसार समग्र आन्तरिक पर्यटकीय गन्तव्यलाई समेटेर प्याकेज तयार भइरहेको छ। उक्त प्याकेजलाई शुक्रबारसम्म ३० असोजसम्म अन्तिम रुप दिने गरी तयारी भइरहेको पनि गुरागाईले जानकारी दिए।
सरकारले नेपाल आउने विदेशी पर्यटकलाई रोकिरहेको अवस्थामा आन्तरिक पर्यटक चलायमान बनाउने पनि प्याकेज आवश्यक परेको उनको भनाइ छ। सरकारले भने १ कात्तिकदेखि नेपालमा विदेशी पर्यटकलाई आउन दिने यस २९ भदौमा निर्णय गरेको भएपनि यसलाई फेरि पछाडि थकेलेको छ।
सरकारको पछिल्लो निर्णयबाट अब नेपालमा विदेशी पर्यटक ३० कात्तिपछि मात्रै आउन दिने उल्लेख छ। सरकारको निर्णयले पर्यटन व्यवसाय संकटमा परेको बेला विदेशी पर्यटक आउन नदिने र अस्थिर निर्णयले पर्यटन व्यवासायी झन चिन्तित भएको गुरागाईं बताउँछन्।