चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेको एक वर्षको अवसरमा पुस्तक सार्वजनिक
चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेको एक वर्ष पूरा भएको अवसरमा नेपाल-चाइना मिडिया फोरमले प्रकाशित गरेको पुस्तक ‘प्रेसिडेण्ट सी चिनफिङ्स नेपाल भिजिट: अ पिक्टोरियल गाइड’ सार्वजनिक गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विदेश विभाग प्रमुख माधवकुमार नेपालले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पुस्तक सार्वजनिक गरे।
कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले नेपाल-चीन सम्बन्ध सधै हार्दिक र सुमधुर रहेको उल्लेख गर्दै यो सम्बन्धलाई अझै कसिलो र घनिभूत बनाउनु पर्ने बताए। चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट नेपालले कति लाभ लिन सक्यो भन्ने समीक्षा गर्नुपर्ने उनको भनाइ छ।
“कागजी रूपमा त लाभ लियौं तर, व्यवहारिक रूपमा कति लाभ लिन सक्यौ ? बेल्ट एण्ड रोड इनिसियटिभ्सबाट कति लाभ लिन सक्यौं ? यसको समीक्षा गर्दै भएका सहमति कार्यन्वयनमा जोड दिनुपर्छ”, नेता नेपालले भने।
नेपाल चीनको विश्वासिलो मित्र भएको भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले चीनसँग अझ विश्वासिलो र साझेदार देशका रूपमा अघि बढ्न चाहेको बताए।
कार्यक्रममा चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौड्यालले सन् १९६५ मा नेपाल-चीनबीच कूटनैतिक सम्बन्ध स्थापना भएयताका विभिन्न महत्वपूर्ण आयामहरूका बारेमा चर्चा गरे।
सीमासम्बन्धी सन्धी, पहिलोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले गरेको चीन भ्रमणमा भएको व्यापार तथा यातायातसम्बन्धी सम्झौता, बेल्ट एण्ड रोड इनिसियटिभ्समा नेपालको हस्ताक्षर, गणतन्त्र नेपालको पहिलो राष्ट्रपति भ्रमणका रूपमा राष्ट्रपति विद्या भण्डारीले गरेको चीन भ्रमण र चीनका राष्टपतिबाट २३ वर्षपछि भएको सीको नेपाल भ्रमण दुई देशवीचको सम्वन्धमा कोशेढुंगा भएको उनले बताए।
चीन विश्वमै उत्पादनको घर र ठूलो व्यापार साझेदार देश भएको उल्लेख गर्दै पूर्वराजदूत पौड्यालले नेपालले चीनबाट लिनसक्ने लाभका विविध पक्षबारे उल्लेख गरे।
उनले भने, “विश्वमा उदयीमान देश छिमेकी मुलक चीनबाट लाभ लिन सकेमा नेपालको समृद्धिको लक्ष्य पूरा हुनसक्छ र नेपाल पनि नेपाल–चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले चिनियाँ राष्ट्रपतिबाट २३ वर्षपछि भएको सी को भ्रमण नेपालका लागि विशेष दिनका रूपमा रहेको र यसले द्विपक्षीय सम्बन्धमा विशेष महत्व बोकेको बताए।