सानिमा ब्यांकका ग्राहकले सस्तो डिलमा सामान किन्दा छुट पाउने
बडादशैंंको अवसरमा सानिमा ब्यांकले ग्राहकका लागि विभिन्न छुटका योजना ल्याउने क्रममा “बिग डिल एट सस्तो डिल” योजना सार्वजनिक गरेको छ।
अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित योजनामा ब्यांकको मोबाइल बैंकिङ एप, सानिमा सजिलो ई–बैंकिङ प्रयोगकर्ताले क्युआर कोड स्क्यानमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् रू. २,५०० सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन्।
योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘फर्स्ट कम फर्स्ट सर्भिस’को आधारमा छुट प्रदान गरिने ब्यांककले जनाएको छ। यो योजना २७ असोजदेखि १ कार्तिकसम्म पाँच दिनका लागि लागू हुनेछ।
सानिमा ब्यांकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटीएम संचालनमा रहेका छन्।
सानिमा ब्यांकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको ब्यांकका निक्षेप व्यवस्थापन प्रमुख टंकमणी बरालले बताएका छन्।