होम आइसोलेसनमा बसेका धरानका एक कोरोना संक्रमितको मृत्यु
सुनसरीको धरान उपमहानगरपालिका-१५ मा होम आइसोलेसनमा बसेका करीब ७० वर्षीय एक कोरोना सङ्क्रमितको सोमबार बिहान मृत्यु भएको छ।
उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बेलायत जानका लागि एक साताअघि बीपी प्रतिष्ठानमा शुल्क तिरेर पीसीआर परीक्षण गर्दा ती पुरुषको रिपोर्ट पोजिटिभ आएको बताए।
छोराको मृत्यु संस्कारमा भाग लिन बेलायतबाट आएका उनी रिपोर्ट पोजिटिभ आएपछि होम आइसोलेसनमा बसेका थिए। बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा भीड भएका कारण उनलाई घरमै राखिएको थियो।