एउटै परिवारका आमा, छोरा र छोरीले गरे आत्महत्या
चितवनमा एउटै परिवारका तीनजनाले एकै ठाउँमा आत्महत्या गरेका छन् ।
भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् ।
घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३\१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११\१२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उनीहरूको शवलाई परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ ।
मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाली सेनामा काठमाडौंमा कार्यरत छन् ।
आमाले नै छोराछोरीलाई झुण्ड्याएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीको आशंका छ ।