भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए।
उनको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो। १५ असोजमा ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनमा १९ असोजमा कोरोना पुष्टि भएको थियो।
स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि सोही दिन नै कोभिड सघन उपचार कक्षमा राखी उपचार शुरू गरिएको थियो।