पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ। पर्यटनमन्त्री भट्टराईले सामाजिक सञ्जालबाट आफूलाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेका हुन्।
"गत सोमबार कोरोना परीक्षाण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो। त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ। हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो। आज शनिबार पुन: कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटीभ आएको भर्खरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वोरो बाहेक अरू समस्या देखिएको छैन। केहि दिनयता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु। मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र?", मन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्।
गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ...
Posted by Yogesh Bhattarai on Saturday, October 10, 2020