यस्तो छ टाटा मोटर्सको हात खाली नजाने दशैं अफर
नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यो वर्षको दशैंलाई लक्षित गरेर ग्राहकहरूको माझ “यो दशैंमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर” नामक योजना ल्याएको छ। योजना अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडीको खरिद तथा बुकिङमा ग्राहकहरूले हात खाली नजाने आकर्षक उपहारहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ।
जस अनुसार टाटाको ट्रक, बस, टिपर, मिनि ट्रक, मिनि टिपर, विङ्गर, पिकअप, एस र म्याजिक जस्ता गाडीहरूको खरिदमा ग्राहकहरूले वासिङ्ग मेसिन, ल्यापटप, स्मार्ट टि.भी, स्मार्ट फोन, ट्यावलेट जस्ता आकर्षक उपहारसहित एक वर्षको निःशुल्क सर्भिस कुपन समेत पाउनेछन्। त्यसैगरी बुकिङ्ग गरेबापत पनि विभिन्न उपहारहरू प्राप्त हुनेछ। खरिद गर्ने ग्राहक मध्येबाट तीस जना ग्राहकहरूलाई लक्की ड्रमार्फत आकर्षक बम्पर उपहारको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
सिप्रदी ट्रेडिङ-कमर्सियल गाडीका जेनरल म्यानेजर अनुपमणि ढकालका अनुसार सिप्रदीले सधैं आफ्ना ग्राहकलाई पहिलो प्राथमिकतामा राखेको छ। “हरेक वर्षझैँ यो वर्ष पनि हामीले आफ्ना ग्राहकहरूका लागि यस वर्षको महान चाडपर्वलाई ध्यानमा राखेर दशैं अफर निकालेका छौं। ग्राहकहरूको तर्फबाट पनि यस वर्षको अफरलाई सकारात्मक प्रक्रिया आइरहेको छ”, उनले भने।
सिप्रदीले विभिन्न ब्यांक तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा उपलब्ध गरिरहेको छ। उक्त सहुलियत कर्जाकाबारे विस्तृत जानकारी कम्पनीले पैसा नलाग्ने नम्बर १६६००१५५७७७ (नेपाल टेलिकमका प्रयोगकर्ताका लागि) र ९८०१५७५७७७ (एनसेलका प्रयोगकर्ताका लागि) मा सम्पर्क गर्न सकिने जनाएको छ।
अहिलेको प्रतिकुल परिस्थितिमा दशैंमा ग्राहकहरूलाई केही खुशी प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको सिप्रदीले जनाएको छ।