पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट काठमाडौं उपत्यकामा पाँच जनासहित देशभर १२ जनाको मृत्यु भएको छ। जसमध्ये आठ जना पुरुष र चार महिला छन्।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौंमा ७९ वर्षीया, ललितपुरमा ७३ वर्षीया, भक्तपुरमा ८२ वर्षीया र सुर्खेतमा ८२ वर्षीया महिलाको मृत्यु भएको छ।
यस्तै, काठमाडौंमा ५८ वर्षीय, सुनसरीमा ३९ वर्षीय, धनुषामा ७० वर्षीय, ९१ वर्षिय र कास्कीमा ८३ वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै, चितवनमा तीन जना पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। उनीहरुध्ये एक जना ९२ वर्षका र दुई जना ८१/८१ वर्षका थिए।