टाटा गाडीको सर्भिस सुविधा अब धार्केमा पनि
सिप्रदी ट्रेडिङ प्रालिले सम्पूर्ण टाटा कमर्सियल गाडीको सर्भिस तथा मर्मतका लागि धादिङको धार्केस्थित् जुंगे खोलामा आफ्नो सेवा विस्तार गरेको छ।
ग्राहकहरूको उच्च मागलाई सम्बोधन गर्दै कम्पनीले धार्केमा टाटा गाडीको सर्भिस सेवा सञ्चालन गरेको जनाएको छ। सप्रदीका कस्टमर केयर, कमर्सियल भेइकलका प्रमुख साम्देन लामाका अनुसार, गाडी बेच्नु मात्र नभएर बिक्रीपछिको सेवालाई ध्यानमा राखेर कम्पनी अघि बढिरहेको छ।
सिप्रदीले कम्पनीको शुरूआतबाटै बिक्रीपश्चातको सेवालाई उच्च प्राथमिकतामा दिँदै आइरहेको उनले बताए। धार्केमा खोलिएको सर्भिस सेन्टरले कम्पनीको प्रतिबद्धताको पुष्टि गर्ने लामाले बताए। “हामीलाई आशा छ, यो सर्भिस सेन्टरले राजमार्गमा टाटाको गाडी चलाउने ग्राहकहरूलाई सहजता प्रदान गर्ने छ”, उनले भने।
आकस्मिक मर्मत सेवा प्रदान गर्न सिप्रदीले रोड साइड एस्सीस्टेन्स्को मोबाइल वर्कसपबाट सेवा प्रदान गर्दै आइरहेको उनले बताए। जसअन्तर्गत नेपाल टेलिकमको प्रयोगकर्ताका लागि १६६००१५५७७७ वा एनसेलका प्रयोगकर्ताका लागि ९८०१५७५७७७ मा फोन गर्न सकिने कम्पनीले जनाएको छ।
धार्के वर्कशपमार्फत् ग्राहकहरूले टाटा कमर्सियल गाडीहरूको सम्पूर्ण सर्भिस तथा मर्मत सेवा प्राप्त गर्न सक्नेछन्। ३७ वर्षभन्दा लामो समयदेखि यो व्यवसायमा संलग्न सिप्रदीको वार्षिक आय ३५० मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ।
अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तीय सेवाहरू तथा इक्यूपमेन्ट व्यवसायको क्षेत्रमा द्रुत गतिमा व्यवसाय बिस्तार गरिरहेको कम्पनीको दाबी छ। सिप्रदीको नेपालभर सबैभन्दा ठूलो बिक्री तथा सेवा वितरण सञ्जाल रहेको छ।