कोरोनाबाट काठमाडौं उपत्यकाका ७ जनासहित देशभर १५ जनाको मृत्यु
पछिल्लो २४ घण्टायता कोरोनाबाट देशभर १५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं उपत्यकाका ७ जनासहित ५ महिला र १० जना पुरुष गरी १५ जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौं उपत्यकाका जिल्लाहरू काठमाडौंमा ६६ र ७२ वर्षीया महिला तथा ४५, ५३, ४६, र ६९ वर्षीय पुरुष रहेका छन्। त्यस्तै ललितपुरमा ४६ वर्षीय पुरुषको मृत्यु भएको छ। साथै मोरङमा ४० र ६० वर्षीया , सिरहामा ७२ वर्षीया र दाङमा ७१ वर्षीया महिलाको मृत्यु भएको छ।
साथै, चितवनमा ६१ वर्षीय, रुपन्देहीमा ५५ वर्षीय र नवलपरासीमा ७६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।
नेपालमा हालसम्म कोरोनाबाट कुल ५७८ जनाको मृत्यु भएको छ।