सबै तह र विषयका परीक्षा तथा व्यावसायिक तालिम सञ्चालन गर्न दिने सरकारको निर्णय
सरकारले सबै तह र विषयका परीक्षा सञ्चालन गर्न शिक्षण संस्थाहरूलाई अनुमति दिएको छ। सरकारका प्रवक्ता प्रदिपकुमार ज्ञवालीले मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्दै सरकारले सुरक्षासम्बन्धि मापदण्ड पूर्णरूपमा पालना गरी विभिन्न तहका परीक्षा सञ्चालन गर्न अनुमति दिएको जानकारी दिए।
लोकसेवा आयोग, विश्व विद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद, विद्यालय तथा शिक्षण संस्थाहरूलाई सबै तह र विषयका परीक्षा सञ्चलन गर्न सैद्धान्तिक अनुमित प्रदान गरिएको उनले बताए।
यस्तै व्यवसायीक तालिम प्रदायक संस्थाहरूलाई पनि छोटा अवधिको तालिम सञ्चालन गर्न अनुमति दिएको छ। तालिममा २५ जनाभन्दा बढी सहभागि नहुने गरी स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्नुपर्ने छ।
यस्तै, गएको मन्त्रिपरिषद बैठकले विज्ञापन बोर्डको आर्थिक वर्ष २०७७-०७८ का लागि अधिकृतस्तरका ५ जना कर्मचारीहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ।
साथै, शिक्षक सेवा आयोगको अध्यक्ष र एकजना महिलासहित अन्य दुई जना सदस्यहरूको नियुक्तिको लागि सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय पनि सरकारले गरेको छ। यसैगरी कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा कृषि मन्त्रालमा कार्यरत सहसचितव डा. योगेन्द्र कुमार कर्की र कार्यकारी निर्देशकमा नेपाल कृषि सेवा एगृ.इको. एण्ड मार्केटिङ समूहका वरिष्ठ कृषि अर्थ विज्ञ विनोद कुमार भट्टराईलाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ।