कोरोनाबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ५६३ पुग्यो
आज कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५ जना पुरुष र ४ जना महिला रहेका छन्। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा तेह्रथुमका ३१ वर्षीय पुरुष, सुनसरीका ६४ वर्षीय पुरुष, काठमाडौंका ५९ र ६० वर्षीया महिला, ललितपुरमा ६७ वर्षीया महिला तथा ६१ र ७७ वर्षीय पुरुष, चितवनमा ७० वर्षीय पुरुष र नवलपरासीपूर्वकी ७७ वर्षीया महिला रहेका छन्।