कोरोनाबाट एकैदिन काठमाडौं उपत्यकाका १२ जनासहित देशभर १९ जनाको मृत्यु
कोरोनाबाट पछिल्लो २४ घण्टायता १९ जनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये सबैभन्दा धेरै १२ जना काठमाडौं र ललितपुरका मात्रै रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंमा ७६ ८१ र ८३ वर्षीया महिला तथा २६, ६५, ६७, ७८, ८१ र ९१ वर्षीय पुरुष छन्। त्यस्तै ललितपुरका ३ वर्षीय बालकसहित ५५ र ७१ वर्षीय पुरुष रहेका छन्।
त्यस्तै सुनसरीमा ५५ वषीय पुरुष, पर्सामा ६५ वर्षीया महिला सर्लाहीमा ४२ र ६९ वर्षीय पुरुष, चितवनमा ६२ वर्षीय पुरुष, गोरखामा ४५ वर्षीया महिला र नवलपरासीमा ३६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।