सानिमा ब्यांकको ‘दशैं धमाका’ योजना
बडादशैंंको अवसरमा सानिमा ब्यांकले ग्राहकहरुक लागि ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको छ। ब्यांकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले अनलाइन सपिङ पोर्टल दराजबाट सामान खरीद गर्दा विशेष छूट पाउनेछन्।
दराजसँगको सहकार्यमा ल्याइएको योजना अन्तर्गत सानिमा ब्यांकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरीद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु. २ हजार ५०० सम्मको छूट पाउन सक्ने जनाइएको छ।
यस्तै, क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन्। योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई पहिले आउनेलाई प्राथमिकता दिंदै छूट प्रदान गरिने ब्यांकले जनाएको छ।
ब्यांकका अनुसार, यो योजना १९ असोजदेखि दुई साता अर्थात् २ कात्तिकसम्म लागू हुनेछ।
सानिमा ब्यांकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटल, रेष्टुरेन्ट आदिमा विशेष छूटको सुविधा दिंदै आएको छ। यो ब्यांकको देशभर ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटीएम संचालनमा छन्।