बहराइनी राजपरिवार सदस्यको टोली लोबुचे आरोहण गरेर काठमाडौं फर्कियो
बहराइनी राजपरिवारका सदस्य शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको टोलीले खुम्बु क्षेत्रमा रहेको लोबुचे हिमाल सफल आरोहण गरेको छ। उनको टोलीमा गएका १८ सदस्यीय टोलीमध्ये १६ जनाले ६११९ मिटरको उक्त हिमाल शनिबार बिहान ८ः३० मा आरोहण गरेर काठमाडौं फर्किएका छन्।
यो टोलीको आरोहण दलका संयोजक, सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार ८ असोजमा काठमाडौंबाट लुक्ला हुँदै लोबुचे हिमाल आरोहणमा गएको टोलीले निर्धारित समय १० दिनमै हिमाल आरोहण गर्न सफल भएको छ।
८ असोजमा काठमाडौंबाट लुक्ला हुँदै लोबुचे हिमाल आरोहणमा गएको टोलीले निर्धारित समय १० दिनमै हिमाल आरोहण गर्न सफल भएको छ।
उक्त टोली आरोहण सकेर १८ असोज (आइतबार) हेलिकप्टरमार्फत् काठमाडौंमा फर्किएका हुन्। शेर्पाका अनुसार यो टोली पुनः काठमाडौंको होटलमा बस्ने र दुई दिनपछि मनास्लु हिमाल आरोहणका लागि जाने भएको छ।
आरोहण टोलीलाई सहयोग गर्ने, गाइड, पोर्टर, सहयोगीसहित १०० जनालाई खटाइएको शेर्पाले छ। नेपालमा आएको यो उच्चपदस्थ विदेशी टोलीलाई आवश्यक सेवा र सुविधा सबै दिनुपर्ने भएकोले ठूलै समूह परिचालन भएको सेभेन समिटको भनाइ छ।
३१ भदौमा काठमाडौं आइपुगेको टोली र एक साता गोकर्ण फरेष्ट रिसोर्टमा क्वारेन्टिनमा बसेको थियो।