कोरोना अपडेट: सक्रिय संक्रमित सबभन्दा धेरै वागमतीमा, कम सुदूरपश्चिममा
नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या २१२३४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसमध्ये बिहीबार मात्रै २७२२ जना थपिएका हुन्।
हाल मुलुकमा रहेका सक्रिय संक्रमितहरू मध्ये सबभन्दा धेरै वागमती प्रदेशमा रहेका छन् भने कम सुदूरपश्चिम प्रदेशमा छन्। मन्त्रालयको दैनिक अपडेट अनुसार थपिने संक्रमितको संख्या पनि वागमती प्रदेशमा सबैभन्दा धेरै छ भने सुदूरपश्चिम प्रदेशमा सबभन्दा कम रहेको छ।
मन्त्रालयको तथ्यांक अनुसार वागमती प्रदेशमा मात्रै हाल १३४२९ जना सक्रिय संक्रमित रहेका छन्। यसमध्ये बिहीबार मात्रै १८६१ जना थपिएका हुन्। वागमती प्रदेशमा संस्थागत आइसोलेसनमा ६५११ जना र होम आइसोलेसनमा ६९१८ जना रहेका छन्।
त्यसपछि प्रदेश ५ मा २२६० जना सक्रिय संक्रमित रहेका छन्। यसमध्ये संस्थागत आइसोलेसनमा १०५१ जना र होम आइसोलेसनमा १२०९ जना छन्। त्यहाँ बिहीबार मात्रै २८८९ जना संक्रमित थपिए।
प्रदेश १ मा १९३७ जना संक्रिय संक्रमित छन् भने त्यसमध्ये २७० जना संस्थागत र १६६७ जना होम आइसोलेसनमा रहेका छन्। त्यहाँ बिहीबार मात्रै २०३ जना नयाँ संक्रमित थपिएका छन्।
प्रदेश २ मा १२४१ जना सक्रिय संक्रमित रहेका छन्। त्यसमा ६३९ जना संस्थागत आइसोलेसनमा र ६१२ जना होम आइसोलेसनमा रहेका छन्। बिहीबार त्यहाँ ९६ जना संक्रमित थपिए।
त्यस्तै गण्डकी प्रदेशमा १०८५ जना सक्रिय संक्रमित रहेका छन् भने ५५३ जना संस्थागत र ५३२ जना होम आइसोलेसनमा रहेका छन्। बिहीबार त्यहाँ ७० जना संक्रमित थपिएका छन्।
कर्णाली प्रदेशमा ६८४ जना सक्रिय संक्रमित छन् भने त्यसमध्ये ४२५ जना संस्थागत र २५९ जना होम आइसोलेसनमा रहेका छन्। बिहीबार कर्णाली प्रदेशमा १४१ जना नयाँ संक्रमित थपिएका छन्।
सुदूरपश्चिम प्रदेशमा भने हाल ५९८ जना सक्रिय संक्रमित रहेका छन्। त्यसमध्ये ३५ जना संस्थागत आइसोलेसनमा र ५६३ जना होम आइसोलेसनमा रहेका छन्। बिहीबार सुदूरपश्चिम प्रदेशमा ६० जना नयाँ संक्रमित थपिएका छन्।